इटहरी : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामान बरामद गरिएको छ ।
यस्तै, चौपायाहरूसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । सिमावर्ती क्षेत्रमा एरिया इलाकाहरूबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली, चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेड कपडा, माछा र खाद्यन्न लगायतका सामानहरू बरामद गरेको छ ।
बरामद गरिएका सामान अन्दाजी एक लाख ३८ हजार रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।
यस्तै, मोरङको प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको चौपाया नियन्त्रणमा लिएको छ ।
बरामद भएका सामान र नियन्त्रित चौपाया सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post