इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम भएको दाबी गरिएको छ ।
व्यवस्थापन शंकायमा चौथो वर्षमा अध्ययनरत दाहालले ८३.२% प्रतिशत ल्याउँदै नेपाल प्रथम भएको दाबी गरिएको हो ।
व्यवस्थापन शंकायको चौथो वर्षको परीक्षामा उनले नेपालभरी सबैभन्दा बढी प्रतिशत प्राप्त गरेको दाबी गरिएको बताइएको छ ।
जनता बहुमुखी क्याम्पस सुपरीवेक्षण तथा शैक्षिक व्यवस्थापन समिति निरीक्षण संयोजक शिवराज दाहालले उनी नेपाल प्रथम भएको दाबीसहित क्याम्पस प्रशासनमा सूचना आएको बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले क्याम्पसले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।
आगामी दिनमा पनि क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन विद्यार्थीलक्षित रचनात्मक योजना ल्याउने उनको भनाइ छ । विद्यार्थीको क्षमता अभिवृद्धिसहित उत्कृष्ट नतिजा ल्याउनका निम्ति क्याम्पस प्रशासनले काम गरिरहेको उनले बताए ।
क्याम्पस प्रमुख प्रा. डा. गीता अधिकारीले व्यवस्थापन शंकायबाट जीबिका नेपाल प्रथम भएको र अरु शंकायमा पनि उत्कृष्ट नजिता ल्याउने विश्वास गरिन् ।
Discussion about this post