झापा : झापाको अर्जुनधारा नगरपालिका १० स्थित आगोले जलेर एक जना बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७५ वर्षीया दिलकुमारी राई रहेकी छन् । टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीको खबर प्राप्त भएसँगै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिएको स्थानीयबासीहरूको समेत सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परेर घाइते भएका शिवकुमार राईको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post