मोरङ : मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
ग्रामथान गाउँपालिका १ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post