Tuesday, August 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा पहिचान झल्काउने देउसी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८०
in समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter

झापा : तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रूपमा सदुपयोग गर्न थालेका छन् ।

लोपोन्मूख समुदायमा सूचीकृत मेचे जातिको बाहुल्य रहेको मेचीनगरमा हालै ‘मेचे सामुदायिक घरबास समिति’ गठन भएको थियो । समितिले तिहारकै अवसरमा ‘घरबास कार्यक्रम’लाई समुदायमा चिनाउन देउसीभैली खेलिरहेको समितिकी अध्यक्ष अग्निमाया मेचेले बताइन् ।

मेचेको जातीय पहिरनमा सजिएका युवायुवतीले आफ्नै बाजा र भाषामा झापाको धुलाबारी, इटाभट्टा, बाहुनडाँगी, काँकडभिट्टा, जलथल, विर्तामोडलगायत स्थानमा यसपाली सांस्कृतिक देउसीभैली खेलेको उनले जानकारी दिइन् ।

“खासमा हाम्रो आफ्नै चाडपर्व र परम्पराहरू छन्, तथापि तिहारमा सिङ्गो देश नै उल्लासमय हुने भएकाले हामीले समुदायको संस्कृति झल्काउँदै देउसी नाच निकालेका छौँ,” आदिवासी जनजाति समुदायकी अगुवासमेत रहनुभएकी उनले भनिन्, “मेचे जातिको होमस्टे (घरबास) गठन गरेको हुँदा त्यसकै प्रचार घरघर पुर्‍याउँदैछौँ ।”

देउसी खेल्दा दक्षिणालाई प्राथमिकता नदिएको तर सङ्कलन हुने रकमलाई समुदायको घरबास कार्यक्रममा सदुपयोग गरिने उनले बताइन् । मेचे समुदायको आकर्षक पहिरन र भाषाका गीतमा नृत्यहरूसमेत देखाउँदा देउसी हेर्नेहरू रमाउने गरेका छन् ।

मेचे समुदायको बसोबास झापामा मात्र रहेको छ । सरकारले उनीहरूलाई लोपोन्मूख सूचीमा सूचीकृत गरेर निर्वाहका लागि मासिकरूपमा सामाजिक सुरक्षा भत्तासमेत प्रदान गर्दै आएको छ ।

विसं २०७८ को जनगणना अनुसार मेचे जातिको जनसङ्ख्या पाँच हजार एक सय ९३ रहेको छ । त्यसअघि विसंं २०६८ मा पाँच हजार दुई सय, विसं २०५८ मा तीन हजार सात सय ६३ जनसङ्ख्या रहेको थियो ।

झापा र मोरङमा बसोबास गर्दै आएका आदिबासी जातिमध्ये सन्थालको नृत्यलाई दसैं र तिहार पर्वको अभिन्न परम्परा नै मान्न थालिएको छ । विसं २०७८ को जनगणनाले उनीहरूको जनसङ्ख्या ५७ हजार तीन सय १० रहेको जनाएको छ ।

बाजाको धुनसँग हात, खुट्टा र टाउकाको चाल मिलाएर सिठ्ठी फुकीफुकी सन्थाल युवायुवती नाचेको दृश्य रोचक हुन्छ । शिरमा मयुरको प्वाख सिउरिने र हातखुट्टामा झुम्का बजाउने फरक शैली भएको सन्थाल नृत्य दसैं र तिहारमा देख्न पाइन्छ ।

नेपाल सन्थाल विकास सङ्घका सदस्य चन्दन टुडुले मौलिक चाडपर्व र सामाजिक कार्यक्रममा सन्थाल नृत्यलाई महत्त्व दिइने गरे पनि उनीहरूको आर्थिक, सामाजिक र शैक्षिक विकासका लागि तीनै तहको सरकारले भरपर्दो सहयोग नपुर्‍याएको गुनासो सुनाए ।

सन्थालहरू आर्थिकरूपले विपन्न भएकाले उनीहरूले चाडपर्वमा नाचगानलाई थोरै भए पनि आर्थिक जोहो गर्ने अवसरका रूपमा पनि लिने गरेका छन् । गाउँतिरका सन्थाल केटाकेटीहरू अन्य समुदायले जस्तै गरी घरघरमा आफ्नै लवजमा देउसीभैली खेल्ने गर्छन् ।

नेपालको सबैभन्दा होचो स्थान भएको कचनकबल गाउँपालिकाको वडा नं २ मा बसोबास गर्दै आएको लोपोन्मूख गन्धर्व समुदायले पनि यसपालीको देउसीभैलीलाई समुदायको आफ्नै पहिचान झल्काउने सांस्कृतिक संग्रहालय निर्माण गर्ने अभियानसँग जोडेका छन् ।

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजको नेतृत्वमा गन्धर्वको टोली संग्रहालयका लागि सहयोग जुटाउँदै देश दौडाहामा निस्किएको अध्यक्ष रविन गन्धर्वले बताए । टोलीले प्रदेशका मन्त्री, पालिकाका प्रमुख र राजनीतिक दलका प्रमुखहरूको घरलाई देउसीभैली खेल्ने ठाउँका रूपमा चयन गरेको छ ।

देश विदेशसम्म पुगेर सारङ्गी रेटेर गीत गाउने गन्धर्वहरुको आफ्नै कला, संस्कृति र परम्पराहरू छन् । पछिल्लो समय आधुनिक र विदेशी संस्कृतिको अतिक्रमणका कारण नयाँ पुस्ताले मौलिकता बिर्सदै गएको र पुरानो पुस्ताले पुरानो संस्कृति जोगाउन हम्मेहम्मे परिरहेको समाजका अध्यक्ष रविन गन्धर्वले बताए ।

Tags: #झापा#राससदेउसी भैलो
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

by रासस
साउन १८, २०८३
0

झापा : झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

by रासस
साउन १८, २०८३
0

झापा : पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो...

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.