टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ६ वटा रिट निवेदन पेश भएका छन् ।
तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरूले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘अहिलेसम्म ६ वटा रिट निवेदनहरु पेश भएका छन् । ती निवेदन सरसर्ती पढेर रुजु गर्ने प्रक्रियामा छौं ।’
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् ।
२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
Discussion about this post