इटहरी : आज छठ पर्वको मुख्य दिन । अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ ।
आज इटहरीस्थित बूढीगंगा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।
ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
Discussion about this post