सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका रिट आज (सोमबार) हेर्न नभ्याउने भएको छ।
न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ।
समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो। आज न्यायाधीश कुमार चुडाललाई छुट्टा छुट्टै दुईवटा इजलास परेका थिए।
कुमार चुडालको एकल इजलासमा परेका सबै मुद्दाहरू आज हेर्न नभ्याइने सर्वोच्चले वेभसाइटमार्फत जानकारी दिएको छ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
Discussion about this post