इटहरी : जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले इटहरीबाट एकजनालाई पक्राउ गरेको छ ।
नागरिकतासमेत फर्जी बनाएर एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज घर भइ इटहरी ४ सङ्गीत चोकमा बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार देव लगायतको गिरोहले सुनसरीको बराहक्षेत्र ३ भरौलमा रहेको कि.नं. ६६९४ को ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउको कि.न ७५० को ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जासमेत फर्जी बनाई बिक्री गरेको पाइएको छ ।
बिक्री गरेर टोकन बैनासमेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि देवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
Discussion about this post