Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसीका मुख्यमन्त्री भन्छन्, ‘बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८०
in समाचार
0
कोसीका मुख्यमन्त्री भन्छन्, ‘बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु’
98
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् ।

आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरेका हुन् ।

बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको बताए ‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ ।’ उनले भने ।

मुख्यमन्त्री कार्कीले व्यक्तिगत स्वार्थका योजना तथा कार्यक्रम पेस नगर्न आग्रह समेत गरे ।

उनले थपे, ‘यो पटकबाटै हामीले सुरुवात गरिसकेका छौँ । व्यक्तिगत रूपमा योजना ल्याएर बजेट कनिकासरी छर्ने काम अब हुन्न । अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुनेछन् । त्यसका लागि आयोगले पनि काम सुरु गरिसकेको छ ।’

आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले शनिबार आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गरेका थिए ।

विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जङ्गल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने, विराटनगरमा सैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंङक तथा वित्तीय संस्थाबाट लिउको कर्जाको व्याज मिनाहा गर्नेलगायतका कार्यक्रम समावेश गरिएका छन् ।

 

Tags: केदार कार्कीकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.