उदयपुर : उदयपुरको बेलका नगरपालिका ८ स्थित मदन भण्डारी लोकमार्ग सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
शनिबार दिउँसो प्रदेश नं १-०५-००१ प ०८३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा बेलका नगरपालिका ४ का ३२ वर्षीय हरिशंखर घिमिरेको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post