ताप्लेजुङ : ताप्लेजुङको सिरीजंघा गाउँपालिका ८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति याम्फुदिनको भोटे गाउँबाट छेबुकतर्फ जाने क्रममा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा फुङ्लिङ नगरपालिका ५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ओरालो बाटोमा गाडी अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post