इटहरी : विराटनगरमा भएको आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीमा परेर विराटनगर ७ का ३२ वर्षीय दीपक मण्डल र अर्का एकजनाको मृत्यु भएको हो ।
एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको प्रहरीको भनाइ छ । शवको पहिचान खुलेको छैन ।
उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । तर, आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका ७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो ।
अन्य घाइतेमध्ये विराटनगर ६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर ६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका ६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर ६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
विभिन्न ठाउँबाट आएका दमकल, स्थानीय, प्रहरी र सेनाको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी छ ।












Discussion about this post