विराटनगर : विराटनगर महानगरपालिका ७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुधबार दिउँसो कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर ६ का ३५ वर्षीय दीपक मण्डल, ६५ वर्षीया सुशीला पासवान र तत्काल नाम, थर, वतन नखुलेको महिलाको मृत्यु भएको छ ।
नाम, थर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुशीलाको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आगोमा परी घाइते भएका विराटनगर ६ का ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिङ्की कामत र ६० वर्षीया रीता सरदारको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बुधबार नै नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि लगिएको थियो । आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post