संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ७ मा रहेको भीमेश्वर महादेव थान मन्दिर जाने बाटो अलपत्र हुँदा मर्मत गर्नका निम्ति बजेट माग गरिएको छ ।
बजेट अभावको गुनासो गर्दै आएका स्थानीयले बाटो मर्मत हुनुपर्ने माग राख्दै आएका छन् ।
आस्थाको धरोहर एवं ऐतिहासिक पर्यटकीय भीमेश्वर महादेवको परिसरलाई व्यवस्थापन र प्रवेश मार्ग मर्मत सम्भार गर्नका निम्ति बजेट अभाव भएको गुनासो आएको हो ।
स्थानीय दिनेश अधिकारीले सडक मर्मतमा आफूहरूले पटकपटक बजेट माग तथा मर्मतका लागि माग राखेपनि सम्बन्धित पक्षले चासो नगरेको बताए ।
उनले प्रदेश सरकार तथा स्थानीय तहलाईसमेत जानकारी गराइएको बताए ।
उनले भीमेश्वर मन्दिर संरक्षणका कामलाई सरकारले अगाडि बढाएपनि पहाडमा बाटो बनाउने किसिमले अलपत्र पारेको उनको आरोप छ ।
भीमेश्वरलाई भाकल गरे रोग, बिमारी निको हुने जनविश्वास छ । त्यसकारण भीरको बाटो ज्यानै जोखिममा राखेर भक्तजनहरू पूजा आराधना गर्न त्यहाँ पुग्ने गरेका छन् ।














Discussion about this post