सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार सोलुदुधकुण्ड नगरपालिका २ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको जलेर मृत्यु भएको हो।
आगोले जलेर बालकको शव चिन्न नसक्ने अवस्थामा फेला परेको बालकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।



















Discussion about this post