उदयपुर : उदयपुरको बेलका नगरपालिका ४ स्थितबाट २ नाल भरुवा बन्दुकसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीया दुर्गा विश्वकर्मा रहेकी छन् । अवैध रूपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक बरामद भएसँगै विश्वकर्मा पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post