धनकुटा : धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका एमालेका अध्यक्ष ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका हुन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा स्थानीय महेश राईले ओलीमाथि मुक्का प्रहार गरेका हुन् ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।
एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरूले उनलाई समातेका थिए ।
मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post