विराटनगर : मुख्यमन्त्री केदार कार्कीले कोसी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरूमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् ।
राष्ट्रिय बहिरा महासंघ नेपाल, कोसीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकार मातहतका अस्पतालहरूमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका ।
प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर मुख्यमन्त्री कार्कीले अभिभाकको भूमिका निर्वाह गरेको जनाएका ।
प्रदेश सरकारले नेपालको इतिहासमा नै स्वर्णीम हुने गरी बहिरा समुदायलाई लक्षित गरि दोभाषेको व्यवस्था गरेकोमा महासंघका पदाधिकारीले मुख्यमन्त्रीप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
मुख्यमन्त्री कार्कीले दोभाषेहरुको पेशागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।



















Discussion about this post