Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बीमाको पहुँचमा ४४.३८ प्रतिशत नेपाली, कोसी प्रदेशबासीमा पहुँच पु¥याउन मुख्यमन्त्रीको जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ३, २०८०
in समाचार
0
बीमाको पहुँचमा ४४.३८ प्रतिशत नेपाली, कोसी प्रदेशबासीमा पहुँच पु¥याउन मुख्यमन्त्रीको जोड
78
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशबासीलाई पु¥याउने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशबासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायतको क्षेत्रमा सहज र शुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहुँचमा पु¥याउने बताएका हुन् ।

‘अहिले आगलागीका घटनाहरू बढिरहेको अवस्थामा सरकारले राहतस्वरुप निर्देशिकाअनुसार अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘तर त्यो प्रयाप्त छैन, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौं भने पीडितलाई थप राहत हुन्छ ।’

मुख्यमन्त्री कार्कीले बीमा पहुँचमा हुनेको भन्दापनि नहुनेको घरसम्म पु¥याउनुपर्ने र सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बंगुरको बीमामा भूक्तानीका लागि बीमा कम्पनीहरूले निकै झण्झटिलो अवस्था निर्माण गरेको प्राधिकरणको ध्यानाकर्षण गराए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायतका भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी सावित भएकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गराए ।

नेपालको वित्तीय क्षेत्र सुधार रणनीति अन्तर्गत गाउँ–गाउँसम्म बीमाको पहुँच पु¥याउन तीन तहको सरकारसम्म पुग्ने प्रयास गरिरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । सिलवालले बीमा गरिएका बाख्रा र बंगुर मरेपछि किसानहरूले अत्यधिक मूल्य दाबी गर्ने गरेकाले चुनौतीपूर्ण भएको बताए ।

‘जीवन बीमाको पहुँचमा गत आर्थिक वर्षसम्ममा ४४.३८ प्रतिशत नेपाली मात्रै छन्,’ उनले भने, ‘विगत आर्थिक वर्षभन्दा गत वर्ष २.८७ प्रतिशतले वृद्वि भई बीमा शूल्क संकलन कूल १ खर्ब ८२ अर्ब ९१ करोड पुगेको र कूल ग्राह्स्थ्य उत्पादनमा बीमाको योगदान ३.४० प्रतिशत रहेको छ ।’

अध्यक्ष सिलवालले चुक्ता पुँजी जीवन बीमाको ५२ अर्ब १६ करोड र नीर्जीवन बीमाको २६ अर्ब ६ करोड रहेको बताए । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी ११ हजार ४९९ जनाले प्राप्त गरेको उनले सुनाए ।

‘बीमा सेवा संघ र प्रदेशको साझा अधिकार सूचीमा रहेको र घर बीमा वापत ५ हजार, जीवन बीमा वापत ४० हजार, स्वास्थ्य बीमा वापत ४० हजार रुपैयाँसम्म कर योग्य आयमा छुटको व्यवस्था छ,’ उनले भने, ‘कृषि तथा पशुपन्छी बीमामा बीमा शूल्कको ८० प्रतिशत सरकारले अनुदान दिइरहेको लाभ सबै किसानले प्राप्त गर्नुपर्छ ।’

मुलुकमा तेस्रो पक्ष मोटर बीमा र वैदेशिक रोजगार बीमा अनिवार्य गरिएको सिलवालले जनाकारी गराए । उनले सरकारी तथा निजी सम्पत्तिहरुको बीमासम्बन्धी उच्चसतरीय अध्ययन कार्यदल गठन भएको र त्यसले दिएको प्रतिवेदनको आधारमा काम अगाडि बढाउने प्राधिकरणको तयारी रहेको बताए ।

नेपालमा जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी २ र लघुबीमा कम्पनी ७ गरी कूल बीमा कम्पनीको संख्या ३७ छन् ।

Tags: केदार कार्कीकोसी प्रदेशबीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.