विराटनगर : विराटनगरबाट हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रवक्ता एसएसपी रवीनराज कर्णजितका अनुसार साहलाई विराटनगर ७ स्थित प्रशासन रोडबाट मंगलबार (आज) को १९ प ४४३४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको सातबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रूपैयाँ बरामद भएको कर्णजितको भनाइ छ ।
उनका अनुसार साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेर साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।














Discussion about this post