मोरङ : मोरङमा गुडिरहेको बसको टायर खुस्किएर लाग्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको कानेपोखरी गाउँपालिका ६ का ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार गुडिरहेको बसको टायर खुस्किएर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश १–०१–००१ ख ३९२२ नम्बरको बसको टायर अचानक खुस्किएर लाग्दा पौडेल गम्भीर घाइते भएका थिए ।
उनको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post