विराटनगर : विराटनगर महानगरपालिका २ मा आयोजना गर्न लागिएको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को सबै तयारी पूरा भएको छ ।
आयोजक मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी सकिएको जानकारी दिएको हो ।
शुक्रबारदेखि आगामी पुस १६ गतेसम्म आयोजना हुने ‘एक्स्पो’को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन् ।
संघका अध्यक्ष नवीन रिजालका अनुसार ‘एक्स्पो’मा ४ देशमा उत्पादन भएका २ सय ४० स्टलहरू रहने छन् । मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरूको स्टल राखिने भएको हो ।














Discussion about this post