ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ त्रिवेणी बनबाट भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेएको छ ।
पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समीर खिमदिम रहेका छन् ।
विशेष सूचनाको आधारमा मंगलबार साँझ ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बनबाट भरुवा बन्दुक २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरू, खुकुरी १ थान, गेटिस (गुलेली) १ थान, मारेको कालिज १ वटा र मोबाइल १ थानसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post