Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

नोबेलमा बालबालिकाको कार्डियोलोजी सेवा उपलब्ध भएपछि पूर्वका बिरामीलाई राहत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ११, २०८०
in विविध, समाचार
0
नोबेलमा बालबालिकाको कार्डियोलोजी सेवा उपलब्ध भएपछि पूर्वका बिरामीलाई राहत
82
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरूको लागि कार्डियोलोजी सेवा सुरु गरेयता पूर्वी नेपालका बिरामीहरूलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनुपर्ने कष्टबाट राहत मिलेको छ ।

१० जना चिकित्सकसहितको कार्डियोलोजी विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादव संलग्न हुनु भएपछि नोबेलको कार्डियोलोजी सेवा पूर्वी नेपालका सबै उमेरका बिरामीहरूको लागि भरपर्दो गन्तव्य बनेको हो ।

केही दिन अगाडि कमल गाउँपालिका वडा नं. ५, झापाका ५ वर्षीय आहान माझीको जन्मजात मुटुको समस्याको बिना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिएपछि झापाकै एउटा अस्पतालबाट उनलाई नोबेल पठाइएको थियो ।

नोबेलमा जाँचको क्रममा उनको मुटुको महाधमनी र फोक्सो तिर जाने नशा जोडिएको देखिएको थियो । डा. प्रतिमा यादव नेतृत्वको चिकित्सा टोलीले उनको बिना शल्यक्रिया नशाबाट छाता जस्तो सामाग्री पठाएर उक्त नशा टालेको थियो ।

के हो पी. डी. ए. ?

डा. प्रतिमाका अनुसार यो एक जन्म जात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सोतिर गएको रगतको नशाबीच एउटा रगतको नशा जोडिएको हुन्छ ।

यो नशा शिशु आमाको पेटमा रहदा नभइ नहुने नशा हो । तर, शिशुको जन्म भएको ७२ देखि ९० घण्टाभित्र त्यो नशा आफैँ बन्द हुने गर्दछ । त्यो समय सम्म पनि बन्द नभएको खण्डमा १ देखी ३ महिना सम्म लाग्न सक्छ ।

तर, त्यो समय सम्म पनि नशा बन्द नभएमा त्यसले शिशुमा रुघामार्गी लागि रहने, निमोनिया हुने, स्तन पान गर्न नसक्ने, स्वास प्रस्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकुद गर्दा अन्य स्वस्थ बालबच्चा भन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेर अनुसारको तौल नबढ्ने लक्षणहरु देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्तप्रवाहमा दवाव बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।

पी. डी. ए. को उपचार के हो ?

पी. डी. ए. को उपचारको सम्बन्धमा डा. प्रतिमाले दिएको जानकारी अनुसार यो समस्याको दुई प्रकारको उपचार हुन्छ । एउटा शल्यक्रिया र अर्को बिना शल्यक्रिया गरिने डिभाईस क्लोजर ।

शल्यक्रिया गर्दा जोखिम बढी हुने, अस्पताल बसाई धेरै लाग्ने, शरीरमा शल्यक्रियाको खत बस्ने हुन्छ भने नशाबाट छाता जस्तो सामाग्री पठाई नशा टाल्ने प्रविधि पी. डी. ए. डिभाइस क्लोजर भरपर्दो र कम खर्चिलो हुन्छ । डा. प्रतिमाका अनुसार बिरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नशाबाट क्याथेटरको सहायताले छाताजस्तो सामाग्री पठाएर नशा टाल्ने गरिन्छ ।

यसरी टालिएपछि मुटुको चार वटा कोठाहरू आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा हुन थाल्छ । यो प्रविधिबाट मुटुको धमनीको नशा टालेको भोलिपल्ट बिरामीलाई डिस्चार्ज गर्न मिल्छ ।

यो प्रविधि अहिलेसम्म काठमाडौंमा मात्र रहेको र उपत्यका बाहिर पूर्वी नेपालमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको डा. प्रतिमाले बताइन् ।

कार्डियोलोजी विभागमा उपलब्ध उपकरणहरू र अनुभवी जनशक्तिको कारण आकस्मिक सेवा, दैनिक ओपिडी र भर्ना गरी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य मात्रामा हुने गरेको छ ।

Tags: #स्वास्थ्यनोबेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.