ताप्लेजुङ : ताप्लेजुङको निमार्णाधिन मध्य तमोर जल विद्युत आयोजनामा बिजुलीको तार टाङ्ने क्रममा एक मजदुरको खसेर मृत्यु भएको छ ।
भारत पश्चिम बंगालका मजदुर अन्दाजी २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिए ।
मध्य तमोर जल विद्युत आयोजनाको पावर हाउस नजिक तमोर नदी वारपार तारबार टाङ्ने क्रममा साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।














Discussion about this post