विराटनगर : कोसी प्रदेशसभाले स्थानीय सेवा गठन, संचालन र सेवाका शर्तहरू सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
मंगलबारको प्रदेशसभा बैठकले विधेयक पारित गरेको हो ।
कोसी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १०७ बमोजिम मुख्यमन्त्री केदार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले उक्त प्रस्ताव सदनमा पेश गरेका थिए ।
मन्त्री राईले विधेयकमाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै विधेयकले सुशासन र जनशक्ति परिपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विधेयकले स्थानीय तहमा न्याय सम्पादन र सूचना प्रणालीलाई व्यवस्थित गर्न मद्दत गर्ने उनले बताए ।
न्याय, प्रशासन तथा विधायन समितिबाट दफावार छलफल भइ आएको सो विधेयकबारे कोशी प्रदेशसभा सदस्यद्वय रेवतीरमण भण्डारी र प्रदीप सुनुवारले आफनो धारणा राखेका थिए ।
तर, उक्त विधेयकप्रति स्वास्थ्यकर्मीहरूले भने विरोध जनाएका छन् । उनीहरूले प्रदेशसभाभित्र विधेयक पारित हुँदैगर्दा प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका थिए ।












Discussion about this post