विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत खटिएको प्रहरी टोलीले चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०८०।०३।०७ गतेको फैसला आदेशले ३ दिन कैद र नगद ५ हजार जरिवाना तोकिएका विराटनगर ५ का २५ वर्षीय प्रदीप कुमार रायलाई पक्राउ गरिएको हो ।
यस्तै, सोही मुद्दामा ७ दिन कैद तथा नगद पाँच हजार जरिवाना तोकिएका २१ वर्षीय दीपेश शर्मालाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ ।














Discussion about this post