दुहबी : सुनसरीमा चोरी तथा डाँका मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहबीले दुहबी नगरपालिका १० बुद्धचौका प्रमोदकुमार मण्डल, दुहबी २ वीरगाउँका ४४ वर्षीय उमेश उराँव र बुद्धलाल उराँवलाई पक्राउ गरेको हो ।
प्रहरीले दुहवी नगरपालिका २ वीरगाउँबाट ५ वर्ष कैद भएका डाँका मुद्दाका प्रतिवादीहरूलाई अदालतको फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा प्रतिवादीहरूलाई झुम्का कारागार पठाएको जनाएको छ ।
सुनसरी जिल्ला अदालतबाट फरार घोषित तीन महिना कैद र सात हजार जरिवाना हुने फैसला भइ फरार रहेका चोरी मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार मण्डलसहित तीनै जनालाई घरैबाट पक्राउ गरेको हो ।














Discussion about this post