खोटाङ : खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरिएको छ ।
स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४ औं गाउँसभाले बराहपोखरीलाई फेरेर ‘बाराहापोखरी’ गाउँपालिका नाम राख्ने निर्णय गरेको हो ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भएपनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नाम बिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जाराले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नका लागि प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष सिफारिस गरेको हो ।
धार्मिक तथा पर्यटकीयस्थल बाराहापोखरीको नामबाट गाउँपालिकाको नामाकरण गरिएको थियो तर बराहपोखरी नाम कायम भएपछि आलोचना हुँदै आएको थियो ।
‘स्थानीय तहको नाम वा केन्द्र परिवर्तन गर्न परे सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने’ व्यवस्था छ ।














Discussion about this post