विराटनगर : कोसी प्रदेशसभा सरकारले कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोसी प्रदेश सरकार (मन्त्रिपरिषद)को बैठकले बुधबार गरेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने भएका हुन्।
पुस २५ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य हुने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।














Discussion about this post