उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ८ मदन भण्डारी राजमार्गमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले बिपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री रौतामाई गाउँपालिका ७ का ३८ वर्षीय तुलसी मङ्ग्रातीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हायस चालक त्रियुगा नगरपालिका १० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











Discussion about this post