विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौँबाट कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भइ हाजिर भएका प्रहरी नायव महानिरीक्षक खापुङले बुधबार (आज) कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहण पश्चात उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदैँ प्रहरी आचरण र व्यवहारमा सुधार ल्याएर कानूनको परिधिमा रहेर जनचाहना बमोजिमको सेवा प्रदान गर्न निर्देशन दिए ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोसी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरीका जिल्ला प्रहरी प्रमुख र कार्यालयका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।














Discussion about this post