मोरङ : मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।
उर्लाबारी ६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार (आज) बिहान मृत्यु भएको हो ।
राई लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामाग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका थिए ।
इलामको चुलाचुली घर बताउने राईका आफन्तहरू सम्पर्क आइनसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post