Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल : उद्घाटन खेलमा तेह्रथुम विजयी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०८०
in खेलकुद, समाचार
0
स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल : उद्घाटन खेलमा तेह्रथुम विजयी
131
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा शनिबारबाट सुरु भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिटीएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले विजयी सुरुआत गरेको छ ।

द योङ्ग ब्रदर्श क्लबको आयोजनामा इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको खेलको पहिलो दिन बिटीएफसी र बेलबारी फुटबल क्लब, मोरङबीच प्रतिष्पर्धा भएको हो । प्रतिष्पर्धामा बिटीएफसीले बेलबारीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।

बिटीएफसीका लागि खेलको ४८ औँ मिनेटमा उज्वल चाम्लिङ राईको फ्रिकिकमा ज्ञानेन्द्र भण्डारीले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेल भइरहेपनि हाफ खेलपछि भने बिटीएफसीले १ गोल गर्न सफल भयो । त्यसबीचमा दुवै टिमबाट गोल गर्ने प्रयास भएपनि सोही गोल नै निर्णायक बन्यो ।

१ गोलले अग्रता लिएको बिटीएफसीको गोल पोस्टमा गोल फर्काउने अवसर पाएपनि बेलबारी गोल गर्नबाट चुकेको थियो ।

बेलबारीका लागि पटकपटक आएको अवसर गोल हुन सकेन । हाफ खेलपछि आक्रमक बनेको बेलबारी पहिलो खेलबाटै घर फर्किएको छ ।

खेलको म्यान अफ दि म्याच बिटीएफसीका खेलाडी ज्ञानेन्द्र भण्डारी घोषित भए । उनले नगद पाँच हजारसहित ट्रफी हात पारे ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले खेलको उद्घाटन गरे ।

उनले इटहरीमा हुने खेल प्रतियोगिताहरूले खेलाडीहरूलाई प्रोत्साहित गर्ने र उपमहानगरले पनि खेलकुद क्षेत्रका निम्ति महत्वपूर्ण कार्य गर्दै आएको बताए । स्थानीय सरकारले खेलकुदलाई प्रोत्साहित गर्नका निम्ति काम गरिरहेको उनको भनाइ छ ।

खेल संयोजक तथा क्लबका संरक्षक विकास केसीले फुटबललाई स्थापित गर्नका निम्ति योगदान पु¥याउने उदेश्यले उक्त प्रतियोगिता गरिएको बताए ।

उनले भने, ‘आज अर्जेन्टिना र पोर्चुगलका राष्ट्रपति को हो भनेर चिन्ने अवस्था नहुँदा महान खेलाडीहरू मेस्सी र रोनाल्डोलाई सबैले चिन्ने अवस्था छ । यसकारण पनि खेलकुदलाई प्रोत्साहित गर्नुपर्छ भन्ने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।’

फुटबल खेल विश्वकै लोकप्रिय भएका कारण र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको उनले बताए । उक्त प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुने केसीको भनाइ छ ।

क्लबका अध्यक्ष प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । माघ २० गतेसम्म सञ्चालन हुने खेलमा कोशी प्रदेशका आठवटा टिम सहभागी रहेका छन् ।

साथै, उद्घाटन खेलमा इटहरीका शिक्षासेवी तथा बौद्धिक व्यक्तित्व लेखनाथ घिमिरेलाई सम्मानसमेत गरिएको सुब्बाले जानकारी दिए ।

 

Tags: #खेलकुदद योङ ब्रदर्शफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    693 shares
    Share 277 Tweet 173
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    374 shares
    Share 150 Tweet 94
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.