विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् ।
नेपाल इञ्जिनियर एशोसिएशन कोसी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताए ।
‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधारणको दैनिकी नै इञ्जिनियरको हातमा छ । तर, त्यो दिन सकेका छौं,’ उनले भने, ‘इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन।’
नेपालको शिक्षा कमजोर नभएको र गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।



















Discussion about this post