मोरङ : मोरङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मोरङको ग्रामथान गाउँपालिका २ मा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका २ बस्ने १९ वर्षीय पैदलयात्री उपेश सरदारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सरदारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post