इटहरी : इटहरीमा गेटले किचेर एक बालकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका ८ स्थितमा गेटले किचेर बालकको मृत्यु भएको हो ।
कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईली बिहीबार साँझ घरको गेटमा खेल्दै गर्दा गेट लडेर किच्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्काल विराट टिचिङ हस्पिटल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।



















Discussion about this post