विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर बनाएको विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेको भन्दै प्रश्न गराएका छन् ।
सुन्दरहरैंचा ६ दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री कार्कीले विद्यालयको विद्यालयमा विभेद विरुद्धको विद्रोहको बीऊ किन रोपिरहेको भन्दै प्रश्न गरेका हुन् ।
‘एउटै विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर अवोध बालबालिकाको मनमा धनी र गरीवबीचको खाडल किन खनिरहेका छौं ?,’ उनले भने, ‘विद्यालयमा पढ्ने विद्यार्थीहरूमा धनीका छोराछोरीले अंग्रेजी र गरीबका छोराछोरी नेपाली माध्यममा पढिरहेको कुण्ठा किन बढाइरहेका छौं, यो कुण्ठाले धनीबिरूद्ध विद्रोहको जग बनाउने अपराध सह्य हुँदैन ।’
भाषाले ज्ञानको मापन नहुने उनको भनाइ थियो । ‘अंग्रेजी राम्रो जान्नेले महिला हिंसालगायतका अपराध गर्दै हिँडेका छन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘ज्ञानको मापन व्यवहारबाट हुन्छ, सर्टफिकेटबाट हुँदैन ।’
अहिलेसम्म संसारमा मानव जीवन सहज बनाउने भए गरेका सिर्जना विद्यालय शिक्षा र किताबी ज्ञानले नभई प्रकृतिबाट शिक्षा लिएर मात्रै गरेको उनले बताएका हुन्














Discussion about this post