मोरङ : मोरङको ग्रामथान गाउँपालिका ५ को भित्री सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया हशनीदेवी चौधरी रहेकी छन् ।
सुन्दरहरैँचाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प ५२२२ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी चौधरीको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक ग्रामथान गाउँपालिका ७ का ३१ वर्षीय भाइराजा सरदार घाइते भएका छन् भने उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलारीले जनाएको छ ।













Discussion about this post