विराटनगर : विराटनगर महानगरपालिका १३ विराटनगर आँखा अस्पताल छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ९ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय सहजात अलीसहित अर्का एक रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















Discussion about this post