विराटनगर : मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा विराटनगर महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।
मंगलबार राति ८ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ सुखानी खोला छेउस्थित भित्री पक्की सडकखण्डमा झोराहाटबाट थलाहातर्फ जादैँ गरेको को २३ प ४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा मोरङको कटहरी गाउँपालिका ७ बस्ने अन्दाजी ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको हो ।
मोटरसाइकल चालक रहेका उनको टाउकोमा गम्भीर चोट लागेर घाइते भएपछि कोसी अस्पताल विराटनगरमा उपचारका लागि लगिएको थियो ।
उपचारको क्रममा उनको राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मनोज विराटनगर महानगरपालिका वडा नं. ३ का कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post