उदयपुर : उदयपुरमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
कटारी नगरपालिका ४ जहडी ककुर खोलास्थित भित्री बाटोमा कटारीबाट चिम्टाघारीतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ ख ००७८ नम्बरको टिपरले साइकलयात्री सिन्धुली दूधौली नगरपालिका १४ चिम्टाघारी बस्ने २१ वर्षीय ज्ञानबहादुर परियारलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक कटारी ७ मर्जेतपुर बस्ने २४ वर्षीय गर्जमान तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post