तरहरा : इटहरी २० तरहरास्थित हाँसपोसा सामुदायिक वनको अध्यक्षमा महेन्द्र गिरी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा गिरी नेतृत्वको प्यानल नै निर्वाचित भएको हो ।
गिरीले कूल ५९६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शान्तिबहादुर घिमिरेले ३३६ मत प्राप्त गरे । गिरी यसअघि पनि अध्यक्ष रहेका थिए ।
यसैगरी उपाध्यक्षमा गोम विश्वकर्मा, सचिवमा कमलबहादुर खड्का, कोषाध्यक्षमा कल्पना खड्का चौहान निर्वाचित भएका छन् ।
यसैगरी लेखा संयोजकमा रत्नप्रसाद खतिवडा निर्वाचित भएका छन् भने सदस्यहरूमा हिमान्चल भुजेल, मिलन श्रेष्ठ, कृष्णप्रसाद निरौला, पूण्डप्रसाद कटवाल र प्रकाश बस्नेत निर्वाचित भएका छन् ।
Discussion about this post