विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्धाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लेनदेन बिगो मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०८०।१०।१९ गतेको फैसला आदेशले ६ महिना कैद भइ फरार रहेका विराटनगर महानगरपालिका १५ का ४० वर्षीय रामजी मण्डललाई खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।
उनलाई गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाइएको छ ।














Discussion about this post