Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङको जालपामा लोपोन्मुख सामाग्री संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ९, २०८०
in समाचार
0
67
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पुर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।

तत्कालीन गाउँ विकास समिति (गाविस) भवनको सभा हलमा स्थापना गरिएको सङ्ग्रहालयमा करिब दुई सय वर्ष पुरानो र त्यसयताका गरी दुई सयभन्दा बढी घरेलु सामग्री राखिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा ध्वाँसो लागेको अवस्थाका छालाको थैली, काठको दूध चलाउने डाडु, बेतको भुने, आगो फुक्न प्रयोग हुने भाँटी, जाँतो, काठको दियो, काठको माना, भाला, धनुषवाण, तरबार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, ठकौली, ढडिया, दूधेरी, चर्खा, हतासो, रासी, थुरी लगायतका सामग्री राखिएका छन् । सांस्कृतिक सङ्ग्रहालयमा राखिएका हरेक सामग्रीमा सौजन्य र प्रयोग गर्नेको नाम उल्लेख छ ।

पुराना सामग्री प्रयोगकर्तामा मृत्यु भइसकेका व्यक्तिका नामसमेत उल्लेख गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । सङ्ग्रहालयमा काठको पन्युँ, काठको चम्चा, काठे गिलास, हर्पे, ठेका, दाबिलो, डोको, नाङ्लो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, कोक्रो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, फिपी, घुर्रा, मदानी, ठेका, जुवा, हल्लुड, सोइला, फिर्के, दाबिलो, खरेटो, चिम्टा, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द लगायतका घरायसी सामग्री सङ्ग्रहित गरिएका छन् ।

सङ्ग्रहालय स्थापनाका लागि वडा कार्यालयले गाउँभरिका स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका पुराना घरेलु सामग्री सङ्कलन गरेको हो । सङ्ग्रहालयमा लोपोन्मुख सामग्री थप गर्दै लगिने वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

“हाम्रा पुर्खाले आफ्नो जीवनकालमा प्रयोग गरेका ऐतिहासिक सामग्रीलाई सङ्कलन र संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिने लक्ष्यका साथ सङ्ग्रहालय स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “यी सामग्री हाम्रा इतिहास हुन्, इतिहास अध्ययन गर्ने प्रमाण पनि हो । सङ्ग्रहालयमार्फत गाउँलाई अध्ययन, भ्रमण र अवलोकनका लागि योग्यस्थल बनाउने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

सङ्ग्रहालयका लागि स्थानीयवासीले ऐतिहासिक सामग्री निःशुल्क उपलब्ध गराएको जनाइएको छ । सङ्ग्रहालयको उद्घाटन नगर उपप्रमुख बिसन राईले यही फागुन ६ गते गर्नुभयो । उहाँका अनुसार सङ्ग्रहालय अवलोकनका लागि आउने भनिसकेको छ ।

जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छ । पहिलो पटक महेश्वरीमा निर्माण सुरु गरिएको सङ्ग्रहालयप्रति देश-विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीप जस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय भवन सुरु गरिएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो ।

सङ्ग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रको रूपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पुर्‍याउने गरी दीर्घकालीन योजना तय गरिएको जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ अल्छेढुङ्गामा निर्माणाधीन आदिवासी जनजाति सङ्ग्रहालय भवन खण्डहर बनेको छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्माणाधीन सङ्ग्रहालय भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिमा राजनीतिक दल संलग्न भएको र उक्त उपभोक्ता समितिले आर्थिक अनियमितता गरेपछि खण्डहर बनेको हो ।

भवन निर्माण उपभोक्ता समितिकै अध्यक्षको संलग्नतामा रकम अनियमितता भएपछि कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाले थप रकम छुट्ट्याउन नमिल्दा भवन नबन्ने निश्चित भएको हो ।

सङ्ग्रहालय भवन निर्माणमा नक्कली हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष रामकुमारी राईले उजुरी दिनुभएको हो ।

सङ्ग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाताबाट किर्ते गरी पटक-पटक गरी १३ लाख ८३ हजार निकासा भएको पाइएको थियो । बैङ्कको विवरणमा वि.सं २०६७ साउन ३१ गते दुई लाख ५० हजार, असोज २१ गते तीन लाख, चैत १ गते एक लाख ८० हजार र चैत २० गते ८३ हजार निकासा गरेको पत्ता लागेको थियो ।

भवन नबन्ने निश्चित भएपछि उपभोक्ता समितिको चौतर्फी आलोचना भएको छ । निर्माणाधीन सङ्ग्रहालयमा जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिको पुर्खाले आदिमकालमा प्रयोग गरेका, चलाएका, लगाएका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजा लगायतका सामग्री राख्ने लक्ष्य राखिएको थियो ।   

Tags: #खोटाङ#रासससङ्ग्रहालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.