मोरङ : मोरङको बूढीगंगा गाउँपालिका १ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पुष्पलाल चौकबाट मानगडतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ग्रामथान गाउँपालिका १ का २६ वर्षीय राहुल चौधरी र पछाडि सवार २४ वर्षीय शम्भु चौधरी घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post