इटहरी : इटहरीमा फागुन ११ गते शुक्रबारदेखि चैत १५ गतेसम्म प्रथम जुत्ता–चप्पल महोत्सव आयोजना हुने भएको छ ।
बुधबार यसबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा श्री शुभकामना फुटवेर इण्डष्ट्रिज प्रालि काठमाडौंले फागुन ११ गतेदेखि चैत १५ गतेसम्म इटहरीमा प्रथम जुत्ता–चप्पल महोत्सव हुने जानकारी दिइएको हो ।
नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान भन्ने मुख्य सन्देशसहित नेपालमा जुत्ता–चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरूको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उदेश्यले उक्त महोत्सव आयोजना हुने आयोजक समितिका अध्यक्ष उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए ।
व्यापार मेलामा नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने, नेपालका उत्पादक कम्पनी लगायत ५ वटा कम्पनी र ब्राण्डहरूको सहभागिता रहने र मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ताहरू उपलब्ध हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
Discussion about this post