विराटनगर : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रमा प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी, पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेट कपडा, कुर्ता सुरुवाल, सुर्ती, फुटबल सुज र खाद्यान्न लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका करिब ४ लाख २१ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post