भेडेटार : एम्बुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपलिका ८ का ४८ वर्षीय जयदेव चेल रहेका छन् ।
एम्बुलेन्समा गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा एम्बुलेन्सभित्र लुकाईछिपाई राखेको ५२ केजी गाँजा बरामद भएको हो ।
लागूऔषध गाँजा बरामद भएसँगै चालक चेललाई पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।



















Discussion about this post